विश्वकप उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै


कतार — कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आज हुँदैछ ।

राति ८ः४५ बजे हुने खेलमा जितको दावेदारमा अर्जेन्टिना र फ्रान्स दुवै देखिएका छन् । उपाधि जित्नेगरी दुवै टिमले आफूलाई तयारी अवस्थामा राखेका छन् । यसअघिका दुवै विश्वकप विजेता टिमको प्रतिस्पर्धा हेर्न लायक हुने दर्शकको बुझाई छ ।

आजको फाइनल खेल पोल्याण्डका रेफ्री साइमन मर्चिनियाकले खेलाउने छन् । ४१ वर्षीय साइमनले सन् २०१८ को रसिया विश्वकपमा डेव्यू गरेका थिए ।

फाइनल खेल अल दायनस्थित लुसैल स्टेडियममा हुनेछ । दुई प्रमुख देशको आजको खेल रोमाञ्जक हुने भन्दै विश्वभरबाट करोडौं दर्शकले चासोसाथ प्रतिक्षा गरेका छन् ।

प्रतिक्रिया