

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाउँदै आयोग, सरकार गठनकाे आह्वान गर्ने

काठमाडौं – निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ।
प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान छ।
सोही अनुसार बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ।
प्रदेश सभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ।
संघमा दुई सय ७५ र प्रदेशमा पाँच सय ५० जना गरी आठ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।
आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुनेछ।

