‘नक्कली देशभक्तले सरकार ढालेर भागबन्डाको खेल सुरु गर्न थालेकाले जनताकहाँ जानुपरेको हाे’


काठमााडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली देशभक्तले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताएका छन् ।

उनले आज नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै नक्कली देशभक्तले बहुमत प्राप्त सरकार ढालेर जोरजामको सरकार बनाउने दाउ रच्दै देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताएका हुन् ।

उनले नक्कली देशभक्तको समूहले सरकार ढालेर भागबन्डाको खेल सुरु गर्न लागेको हुनाले जनताकहाँ जानुपरेको बताएका छन् । उनले भने, ‘हामीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेका छौँ । जनताले सक्कली देशभक्तलाई समर्थन गर्छ कि नक्कल देशभक्तलाई ?’

उनले नेकपा दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्दै भने, ‘बहुमत प्राप्त सरकारलाई कामै गर्न नदिने ? अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ । बहुमत प्राप्त सरकार ढाल्नै पर्ने ।’

प्रतिक्रिया