उपत्यकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं – छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर र ललितपुर महानगरपालिका-१७ बिएण्डबि आकासे पुल नजिक सडकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

काठमाडौं, कुलेश्वरमा बा.२ ख. ३२२३ नम्बरको माइक्रो बस र बा.९१ प. ७४८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ घर भएका २२ वर्षीय रविन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, ललितपुर, बिएण्डबि आकासे पुल नजिकको सडकमा बा.१६ प. १२२८ नम्बरको मोटरसाइकल बा.२ क.१३२५ नम्बरको टिपरमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ६० वर्षीय योगराज सुवेदीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया