कपिलवस्तुमा १६ केजी अफिमसहित ३ महिला पक्राउ


कपिलवस्तु – कपिलवस्तुको नेपाल भारत सीमा नाका कृष्णनगरस्थित यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिमसहित ३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा लागुऔषध अफिमसहित ३ महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ मानपुर बस्ने वर्ष ४३ की आसकुमारी बुढा, दाङ लमही नगरपालिका ४ बस्ने वर्ष ४८ की निर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका ४ बस्ने वर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले जानकारी दिए ।

महिलाहरूले कम्मरमा कालो कपडामा लुकाएको अवस्थामा अफिम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया