आलोचित अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष सिफारिसको तयारी


काठमाडौं – सरकारले देशव्यापी रूपमा कडा आलोचना भइरहेकाे फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसभित्रै समेत अध्यादेशको विरोध भइरहे पनि सरकारले अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्यकताअनुसार अध्यादेश पास गर्न लागेको बताए । अहिले मुलुकले स्थायित्व, शान्ति र सम्मृद्धि चाहेको र सोही अनुसार सरकारले काम गरिरहेको बताए ।

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री द्वय विश्व प्रकाश शर्मा र गगन थापाले उक्त अध्यादेश तत्काल फिर्ताको माग गरेका छन् । मंसिर ४ गतेको आम निर्वाचनपछि कामचलाउ बनेको सरकारले जनमतको विरुद्ध सत्ताको स्वर्थमा उक्त अध्यादेश ल्याएको भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।

त्यस्तै नेकपा एमालेका नेता भिम रावल, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, कांग्रेस नेता शेखर कोइराला, प्रदिप पौडेल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, रास्वपाका सभापति रवि लामिछाने लगाययतले उक्त अध्यादेश सत्ताको स्वार्थमा ल्याउन लागेको र रकाम चलाउ सरकारले अध्यादेश ल्याएर राजनैतिक दलका नेताहरुको निर्लज्जताको पराकाष्टा नागेको बताएका छन् ।

 

प्रतिक्रिया