पाँच वर्षीय बालकले राखे कीर्तिमान, २० कथाका पुस्तक एक घण्टामा पढे!


काठमाडाैं – भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन् ।

भारतकाे केरलाका पाँच वर्ष तीन महिनाका बालकले नराेकिइकन लगातार एक घण्टासम्म कथाका किताब पढेर यस विधामा कीर्तिमान बनाएका हुन् । उनले थ्री बियर्स, स्लाई फक्स एण्ड रेड हेन, रापुन्जेल, हेदी, द लिटल मरर्मेडलगायतका कथाका किताब पढेका थिए ।

जेएसएस इन्टरनेशनल स्कुलकाे किन्टरगार्डेनमा पढ्दै आएका आयुषले आफ्ना उमेर समूहकालाई पढ्न प्रेरित गरेन ‘रिडिङ रुम बाइ आयुष’ नामको युट्युब च्यानल पनि चलाउँदै आएका छन् । उनले एक घण्टा पढेकाे भिडियाे पनि उनकाे च्यानलमा देख्न सकिन्छ ।

आयुषका बुबा सुपाल केजीले भने, ‘आयुषलाई विश्वभरका लेखकहरूले उनीहरूकाे पुस्तक युट्युब च्यानलमार्फत पढिदिन डाक्ने गरेका छन् । आयुष ती पुस्तक र पत्रिका पनि पढ्न निकै रुचाउँछन् । हामीले उसका लागि थुप्रै पुस्तक किनिदिएका छाैँ । पछिल्लाे पटक हामीले एकैपटक ४० वटा पुस्तक किनेर ल्याइदिएका थियाैँ । उनले निकै छाेटाे समयमा ती पुस्तक पढिसक्छन् ।’

प्रतिक्रिया