समानुपातिक सांसदको टुङ्गो ​लगाउन राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ ।

बैठकले निर्वाचनको समीक्षा एवं प्रतिनिधि सभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुङ्गो ​ लगाउने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया