सर्वोच्चका धर्नाकारीमाथि जुत्ता प्रहार, एक महिला पक्राउ


काठमाडौं – सर्वोच्च अदालत अगाडिबाट एक महिला पक्राउ परेकी छिन् ।

सर्वोच्च परिसरमा धर्नामा रहेका कानुन व्यवसायीलाई जुत्ता प्रहार गरेपछि तारा बराल नामकी महिला पक्राउ परेकी हुन् ।

प्रधानन्यायधिश चोलेन्द्र जबराको पक्षमा आएकी ती महिलाले धर्नामा बसेकामाथि जुत्ता हानेकी हुन्। उनले ‘चोलेन्द्र जिन्दाबाद’ भन्दै नाराबाजी गरेकी थिइन् । उनले प्रहार गरेको जुत्ताले भने कसैलाई पनि लागेको थिएन ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा  आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जाने बताइरहेका बेला कानुन व्यवसायीले सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै परिसरमा धर्ना दिएका छन् ।

उनी सर्वोच्च आउने भनेपछि नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन्। सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया