‘रणमैदान’ बन्दै सर्वोच्च परिसर !


काठमाडौं – संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि जबरा सर्वोच्च जाने बताएसँगै सर्वोच्च परिसरमा अवरोध र प्रवेशका लागि बल प्रयोग हुने लक्षण देखिएको छ ।

५ दिन कार्यकाल हुँदा सर्वोच्च प्रवेशको अन्तिम प्रयास गरिरहेका चोलेन्द्र सर्वोच्च प्रवेशका लागि संघीय संसद सचिवालयको पत्रलाइ आधार बनाउँदै अगाडी बढ्ने देखिएको छ ।

चोलेन्द्रले सर्वोच्च जाने तयारी गरिरहेको जानकारी पाएपछि नेपाल बार एशोसिएसनले आकस्मिक बैठक बोलाएर सर्वोच्च प्रवेशमा रोक लगाउने तयारी गरिरहेको छ ।

एकातिर आफूविरुद्धको महाअभियोग निस्क्रिय भएको भन्दै सर्वोच्च जाने चोलेन्द्रको चाहना र बारले उनीविरुद्ध लामोसमयदेखि गरेको आन्दोलनका कारण सर्वोच्च परिसरमा पुनः अवरोध र प्रवेशको खिचातानी हुने सम्भावना रहेको हो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद सचिवालयले लेख्नै नमिल्ने पत्र लेखेको बताए । ‘बार आफ्नो पुरानो अडानमा कायम छ । प्रतिनिधि सभामा पेश गर्नु भनिएको थियो । यो गैर कानुनी पत्र हो ।’

त्यस्तै सर्वोच्च प्रवेश गर्ने जानकारी पाएलगत्तै सर्वोच्च अदालतको फुलकोर्ट बैठक पनि बसिरहेको जनाइएको छ ।

प्रतिक्रिया