गंगाले दिलाए माओवादीलाई थप एक सिट

प्रतिनिधिसभामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ५१८ मतले पराजित गर्दै गंगा कार्की निर्वाचित


दोलखा – दोलखाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाअनुसार गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका गंगा कार्कीले ३६ हजार ९९५ मत ल्याएर प्रतिनिधिसभाका लागि निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत ल्याएका छन् ।

यससँगै कार्कीले शिवाकोटीलाई ५८८ मतले पराजित गरे । यससँगै नेकपा माओवादीले प्रत्यक्षतर्फ १८ स्थानमा जित हात पारेको छ ।

प्रतिक्रिया