
चीनको मेनल्याण्डमा थप ३ हजार ९३३ कोरोना संक्रमित
बेइजिङ – चीनको मेनल्याण्डमा शुक्रबार ३ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शुक्रबार तीन हजार ९३३ कोरोना संक्रमित थपिएका हुन्।
साथै यहाँ २८ हजार ८४९ जना लक्षणविनाका संक्रमित पनि भेटिएका छन्। यस अवधिमा तीन हजार ३७८ जना संक्रमित निको भएका छन्।
मेनल्याण्ड क्षेत्रमा हालसम्म ५ हजार २३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।



कागजपत्र |
