तेह्रथुममा कांग्रेसकी सीता गुरूङ विजयी


काठमाडौँ। तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङ विजयी भएकी छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई एक हजारभन्दा बढी मतले हराएकी हुन्।

पछिल्लो परिणामअनुसार कांग्रेसकी गुरूङले १९ हजार ७ सय २ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत ल्याएका छन्। उनीहरूको मत अन्तर १ हजार ७९ छ।

२०६४ र २०७० को संविधानसभामा समानुपातिक सदस्य रहेकी गुरूङ २०७४ को निर्वाचनमा पराजित भएकी थिइन्।

प्रतिक्रिया