अत्याधिक मतान्तरसहित गगन थापा पुनः बने सांसद


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन् । उनका निटकतम प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन् । दुईको अन्तर सात हजार ४४७ रहेको छ।

थापा यस क्षेत्रमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । उक्त क्षेत्रमा ४५ हजार ५०३ मत खसेको थियो ।

प्रतिक्रिया