


मतगणना सुरु नभएको भन्दै कैलाली ५ मा एमाले कार्यकर्ताको नाराबाजी

काठमाडौं – कैलाली ५ मा मतदान भएको २४ घण्टा बितिसक्दासमेत मतगणना सुरु नगरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
उनीहरूले जनमतको कदर गर्नुपर्ने भन्दै सोमबार निर्वाचन आयोगविरुद्ध नाराबाजी गरेका हुन् । उक्त क्षेत्रमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भनिए पनि ढिलाइ भएको छ ।
सो क्षेत्रमा एमालेबाट नारदमुनि राना, नेपाली कांग्रेसका डिल्लीराज पन्त मुख्य प्रतिस्पर्धामा छन् ।

