

ललितपुर–३ : ४ हजार ९०५ मत गन्दा तोसिमालाई अग्रता, ९८८ मत सहित भुसाल तेस्रो

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् । कार्कीले ४ हजार ९०५ मत गन्दा १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।
दोस्रोमा नेकपा एमालेका अमृत खड्काले १ हजार ४४८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत ल्याएकी हुन् ।
आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ ।

