

काठमाडौं-४ का स्वतन्त्र उम्मेदवार प्रसाई एमालेबाट परिचालित !

काठमाडौं – काठमाडौँ क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन प्रसाई एमालेबाट परिचालित उम्मेदवार भएको पुष्टि भएको छ ।
झण्डै ३७ बर्ष एमालेको राजनीतिमा सक्रिय रहेको बताउने प्रसाईले एमालेलाई सघाउन उम्मेदवारी दर्ता गरेको पुष्टि भएको हो ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कसैले आलोचना गरेमा कडा रुपमा खण्डन गर्ने गरेका छन् । आफ्नै होटलमा यट्युव च्यानलका सञ्चारकर्मीहरुलाई बोलाएर अन्तरवार्ता लिन लगाउने प्रसाईले अन्तरवार्तामा ओलीको बचाउ गरेका छन् ।
आफूलाई एमसीसी विरोधी उम्मेदवारको रुपमा चिनाउन चाहने प्रसाईले एमसीसी ल्याउन महत्वपूर्ण योगदान गरेका ओली र आफ्नै प्रतिस्पर्धी तथा एमाले उम्मेदवार राजन भट्टराईप्रति भने मौन बसेका छन् ।
‘स्वतन्त्र उम्मेदवार भएको भए सबैप्रति उस्तै व्यवहार गर्नुपर्नेमा प्रसाईले थापाप्रति मात्रै आक्रमण गर्नु र भट्टराईप्रति मौन रहनुले पनि उनी एमालेबाट परिचालित उम्मेदवार हुन भन्ने पुष्टि हुन्छ,’ राजनीतिक विश्लेषक अधिवक्ता यज्ञमणी न्यौपाने भन्छन् ।
एमाले अध्यक्ष ओलीले राजदूत बनाईदिने आश्वासन दिँदै प्रसाईलाई उम्मेदवारी दिन लगाएको न्यौपानेले बताए । ‘मुलधारका सञ्चार माध्यमले नपत्याउने प्रसाई स्वतन्त्रको नाममा गगनको भोट काटेर राजनलाई जिताएर राजदूत बन्ने आश्वासनमा गगनविरुद्ध गाली गलौजमा उभिएका हुन्’, उनले भने ।
निर्वाचनमा उनले गरेको खर्च पनि अस्वाभाविक धेरै देखिएकाले उनको उम्मेदवारी नै रहस्यमय रहेको देखिएको छ । काठमाडौं- ४ कै मतदाता तथा सामाजिक अभियन्ता मनोज सापकोटाले पनि प्रसाई एमालेले उठाएका प्रायोजित उम्मेदवार भएको दावी गरे ।
उनले भने, ‘प्रसाईलाई मैले लामो समयदेखि चिन्दछु, उनी एमालेबाट भरणपोषण गरेका उम्मेदवार हुन्, उनी स्वतन्त्र हैनन् ।’ ‘विगत ३७ बर्षसम्म एमालेमा काम गरेको व्यक्ति कसरी स्वतन्त्र हुन्छ ? स्वतन्त्रका नामका कलंक हुन् अर्जुन प्रसाई,’ सापकोटाले भने ।

