


आरोप पुष्टि हुन नसक्दा विश्वप्रकाश शर्माविरुद्ध परेको उजुरी तामेलीमा

काठमाडौं – झापा क्षेत्र नं.१ का नेपाली कांग्रेसका प्रतिनिधिससभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ ।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेर निर्वाचन आचारसंहिता उग्लंघन गरेको आरोपमा उजुरी परेको थियो । तर, उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो ।
शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो । गत जेठ ६ गते पीडितलाई ११ हजार रुपैयाँ सहयोग गरेको र त्यसकै निरन्तरतास्वरुप अमेरिकाबाट संकलित थप २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको शर्माले बताएका थिए ।
साथै उक्त सहयोग विपदकालीन सेवा र निर्वाचन घोषणा पूर्वदेखिकै कामको निरन्तरता अन्तरगत भएको भन्दै उनले स्पष्टीकरण पेश गरेका थिए ।

