


नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं – नेपालले युएईविरुद्ध जितका लागि १९२ रनको लक्ष्य पाएको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा १९१ रन बनाउँदै सबै विकेट गुमाएपछि नेपालले ५० ओभरमा १९२ रनको लक्ष्य पाएको हो ।
नेपालका तर्फबाट सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिए भने करण केसी, गुल्सन झा, दीपेन्द्र सिं ऐरी र कुशल भुर्तेलले १/१ विकेट हात पारे ।
युएईका लागि मुहम्मद वासिमले अर्धसतकीय पारी खेले उनले ४६ बलमा ५० रन बनाए भने भित्रिया अरविन्दले २५ रन बनाए । त्यस्तै अलिसान सराफुले ३५ रन बनाउँदा रोहन मुस्तफा ४ रनमा आउट भए । त्यस्तै बसिल हमिदले २४ रन बनाउँदा चुन्दाथोपायील रिजवानले २२ रन बनाएका थिए ।

