
कांग्रेसले मोरङ ३ (क) मा लिम्बुलाई उम्मेदवार बनाउने
मोरङ – कांग्रेसले मोरङ ३ (क) मा पार्टीका मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पार्टीले महासमिति सदस्य समेत रहेका लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेकाले उनी मनोनयन दर्ता गराउन जार्ने तयारीमा जुटेको बताए ।
निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका अनुसार कांग्रेसलाई मनोनयन दर्ताका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका समय दिएको छ ।
कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बूलाई उम्मेदवार बनाएको छ ।
लिम्बू नेविसंघ मोरङ पूर्व अध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उम्मेदवार बनाएको बस्नेतले बताए ।



कागजपत्र |
