जसपा अध्यक्ष यादवको प्रचार प्रसार गर्ने चिकित्सकलाई आयोगको स्पष्टिकरण


काठमाडौं – जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।

यादवले सेयर गरेको फेसबुक पेजमा डा.  झाले गरेको प्रचार प्रसार बारे २४ घण्टाभित्र स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगले एमालेबाट दाङकी उम्मेदवार कोमल ओलीलाई पनि स्पष्टिकरण सोधेको छ ।

उनले स्थानीय एक विद्यालयमा विद्यार्थीहरूलाई टिफिन टाइममा पार्टीको प्रचार गरेको आरोप छ ।

प्रतिक्रिया