

नेप्से परिसूचक १६.१४ अंकले गिरावट

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । तिहार पछिको तीन कारोबार दिनमा लगातार वृद्धि हुँदा करिब ८० अंकले बढेको नेप्से बिहीबार भने घटेर बन्द भएको छ ।
बिहीबार बजार परिसूचक नेप्से १६.१४ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर १९२२.१६ अंकमा बन्द भएको हो । बिहीबार जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा सामान्य वृद्धि भएपनि अन्य सबै उपसूचक घटेको छ । जीवन बीमा उपसूचक ०.०२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले घटेको छ ।
नेप्सेमा करेक्सन हुँदा कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार करिब डेढ अर्ब पुगेको थियो । तर, बिहीबार भने कारोबार रकम घटेर पुनः अर्बबाट तल झरेको छ ।

