

देशभर थपिए ४९ कोरोना संक्रमित

काठमाडौं – नेपालमा गत २४ घन्टामा ४९ जना कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २३१२ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यमा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २३ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् भने कुनै पनि संक्रमितले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छैन ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १५ हजार ४१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
अहिलेको अवस्थामा नेपालमा ५७५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

