

राजश्व अनुसन्धान विभागका महानिर्देशकमा मदन दाहाल

काठमाडौं – सरकारले राजश्व अनुसन्धान विभागका महानिर्देशक फेरेको छ। झलकराम अधिकारीलाई हटाएर उनको स्थानमा मदन दाहाललाई महानिर्देशक बनाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको यस विभाग प्रमुख ४ महिनामै फेरिएका हुन्। जेठ अन्तिममा अधिकारीलाई उक्त विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव दाहाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो । दाहालले बुधबार कार्यभार सम्हाल्ने विभागका उपमहानिर्देशक प्रद्युम्न प्रसाद उपाध्ययले जानाकारी दिए।

