एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओली सहभागी हुने


काठमाडौं – नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेका छन् ।

आम निर्वाचन नजिकिदै गर्दा निर्वाचनमा सहभागी दलहरु आ आफ्नो उम्मेदवारका लागि मत माग्न व्यस्त देखिएको छ । साथै दलअरुले आगामी पाँच वर्षमा पार्टीले लिएको लक्ष्य र संकपस्वरुप घोषणापत्र सार्वजनिक गरिरहेको छ ।

यसअघि शनिबार नेपाली कांग्रेसले र सोमबार माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया