पाल्पाबाट गोरखाको मनकामना आउँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु


काठमाडौं- गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटनामा परेको छ। पाल्पाबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि हिँडेका यात्रु बोकेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा बिहान ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनमा २५ जना घाइते भएका छन् । घटनाका घाइतेहरूलाई चितवनस्थित अस्पतालमा ल्याइँदै गरेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया