प्रश्न सोध्न एक लाख ७१ हजारले नाम टिपाए, तर अब ओलीले कसलाई गर्लान फोन?


काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्दै छन् । उनीसँग टेलिफोनमा कुरा गर्न लाखौँले नम्बर टिपाएका छन्।

बुधबार अपराह्नसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएकोमा बिहीबारसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका ओलीको सचिवालयले जनाएको छ ।

‘मसँग कुरा गर्न १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ? यो उत्साहपूर्ण सहभागिताले खुसी छु ।’

बिहीबार मध्याह्न १२ बजेसम्म आफ्नो विवरण पठाउन सकिने व्यवस्था सचिवालयले गरेको थियो । सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्नेछन् ।

निर्वाचनलाई लक्षित गर्दै ओलीले नागरिसकसँग संवाद गर्न लागेका हुन् । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ ।

 

प्रतिक्रिया