
नवौं राष्ट्रिय खेलकुद : नेपाल प्रहरीले जित्यो ८० पदक
काठमाडाैं – नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले २९ स्वर्ण, १९ रजत र ३३ कास्य गरी कुल ८० पदक प्राप्त गरेको छ ।
विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ३ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, करातेमा ७ स्वर्ण, २ रजत र ४ कास्य, कुस्तीमा ४ कास्य, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, तेक्वान्दोमा ८ स्वर्ण,३ रजत र १ कास्य, पौडीमा १ स्वर्ण, ४ रजत र ११ कास्य, फुलकन्ट्याेक्ट करातेमा १ स्वर्ण, १ रजत र २ कास्य, बुद्धिचालमा १ रजत, भारोत्तोलनमा ४ स्वर्ण र ३ रजत, लन टेनिसमा ३ कास्य, ब्याडमिन्टनमा १ कास्य तथा शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ८१ पदक प्राप्त गरेको हो ।
प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ ११ स्वर्ण, ९ रजत र १८ कास्य, पुरूषतर्फ १६ स्वर्ण, १० रजत र १५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण पदक जित्न सफल भएका छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय १० मिटर पुरूष हर्डल्समा नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले रजत पदक प्राप्त गरे ।



कागजपत्र |
