
सता गठबन्धन नेता स्तरमा मात्रै सिमित रहेकाे महेश बस्नेतकाे दाबी
प्रेस चौतारी भक्तपुरले आइतबार आयाेजना गरेकाे अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएकाे दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँंग भेटिरहेको उनको भनाइ थियो । ‘हामी सता गठबन्धनका कार्यकर्ताहरुलाई भेटिरहेका छु, ती कार्यकर्ताहरु हामीप्रति सकारात्मक छन्,’ उनले भने ।
आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाकाे रुपमा विकास गर्ने पनि बताए । ‘भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँंछु,’ वस्नेतले भने ।
पछिल्लो पटक दाेब्बर मतले विजयी भएकोमा यो पटक दाेब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे । उनले भक्तपुर-२ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेकाे आरोप पनि लगाए । कांग्रेसकाे यहि कामले गर्दा यसपटक मत अझ बढ्ने उनको भनाइ दाबी छ ।



कागजपत्र |
