

कागज अभावले कक्षा ११ र १२ को किताब छाप्न ढिलाई

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने जनाएको छ ।
कक्षा ११ र १२ को सामाजिक शिक्षा एक/एक लाख, नेपाली र अंग्रेजी ५०-५० हजार गरी करिब पाँच लाख किताब प्रकाशन हुन बाँकी रहेको केन्द्रले जनाएको छ । कागज अभाव भएको कारण छपाइमा ढिला भएको तर कागज आइसकेकोले तिहारसम्म छपाइको काम सकिने केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताए ।
उनले भने ‘कागज नभएकोले समयमा छपाई गर्न सकिएन । तर, अब कागज आइसकेकोले तिहारसम्म सकिन्छ ।’ टेन्डरमार्फत अर्को नयाँ ठेकेदार कम्पनीलाई कागज ल्याउन दिईएकोले कागज ल्याउन समय लागेको उनले जिकिर गरे ।
यता कक्षा ११ को भदौदेखि र कक्षा १२ को असार अन्तिमदेखि नै पढाइ भइरहेको छ । सामुदायीक विद्यालयहरुमा सबै जनक शिक्षा सामग्री केन्द्रको प्रकाशनको र यी दुई किताब नेपालीमा पढाउनु पर्ने हुन्छ ।

