महिला फुटबलमा पुलिसको विजयी सुरुवात


स्याङ्जा – रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । स्याङ्जामा बिहीबार भएको समूह ‘ए’ को खेलमा पुलिसले बागमती प्रदेशलाई ५-० गोलले हरायो ।

१७औँ मिनेटमा निरु थापाको गोलबाट अग्रता लिएको पुलिसले एक मिनेट पछाडि नै दोस्रो गोल थपेको थियो । रेखा पौडेलले एक्लो प्रयासका गोल गरिन् । २१औ मिनटमा पौडेलले नै व्यक्तिगत दोस्रो गोल गरिन् । २३औँ मिनेटमा पौडेलले ह्याट्रिक पूरा गरे । ८७औँ निरु थापाले गोल पुलिसलाई फराकिलो जित दिलाइन् ।

खेलमा बागमतीकी गोलरक्षक सजना माझी घाइते भएपछि झराना नगरकोटीलाई मैदानमा उतारिएको थियो । खेलपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले खेलाडी राम्रो खेल्दा जित सम्भव भएको बताए। बागमतीका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार खेपेको बताए ।

प्रतिक्रिया