बनेपामा भेटिएको प्रेसर कुकर बम डिस्पोज, बीपी राजमार्ग अवरूद्ध


काठमाडौं – काभ्रेको बनेपामा प्रेसर कुकर बम फेला परेका छ । बनेपाको बुडोलमा शंकास्पद वस्तु देखेपछि नेपाली सेनाको टोली बोलाइएको थियो । शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको थाहा पाएपछि डिस्पोजल टोलीले त्यसलाई डिस्पोज गरेको बताइएको छ । बम राख्ने समूहको अहिले खोजी भइरहेको बताइएको छ । 

त्यस्तै मंगलटारमा पनि विष्फोटको ठूलो आवाज आएको बताइएको छ । विष्फोटको अवाज सुनिएपनि के पड्किएको हो भन्ने ठम्याउन नसकिएको प्रहरीले जनाएको छ । विष्फोट भएपछि बीपी राजमार्गमा सवारी रोकेर अनुसन्धान गरिएको जनाइएको छ ।

प्रतिक्रिया