
चुनावमा कसैको भोट माग्न वा प्रचारक हुन सकिँदैन: हरिवंश आचार्य
काठमाडौं – चर्चित हास्य व्यङ्ग्य कलाकार हरिबंश आचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएका कसैको पक्षमा पनि भोट माग्न नसकिने बताएका छन् ।
उनले जीवनमा कतिपयले बिर्सनै नसकिने गुन लगाएको, कतिसँग गहिरो मित्रता भएको र कतिपयसँग नाता गासिएको भए पनि चुनावमा कसैको पक्षमा पनि भोट माग्न र प्रचारक हुन नसक्ने भन्दै आफूहरुको बाध्यता बुझिदिन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।
उनले देशमा जब निर्बाचन नजिकिन्छ, त्यसबखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उम्मेदवार बनेपछि चुनाबमा मद्दत गरिदेला र मेरो पक्षमा भोट मागी देला भनेर आफूसँग आशा गर्नु स्वभाविक भए पनि त्यो सम्भव नभएको स्पस्ट पारेका छन् ।
‘हामी सबै राजनितिक दल, सबै उमेदवाररका साझा मानिस हौं । ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिन्ह रोज्ने भन्ने कुरा स्वविवेक हो’, कलाकार आचार्यले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो ।’
आचार्यले मित्रता, आत्मियता, नातालाई पबित्र नै राखि चुनाबमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन उनले सार्वजनिक रुपमा अनुरोध समेत गरेका छन् ।



कागजपत्र |
