प्रधानमन्त्री देउवाद्वारा जसपाका चार मन्त्री हटाउने तयारी


काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीहरु हटाइने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी एमालेसँग सहकार्य गरेपछि जसपाका चार मन्त्रीलाई हटाउने तयारी गरेका हुन् ।

त्यसअघि देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ ।

सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह छन् । उनीहरु तत्काल राजीनामा नदिने मुडमा छन् । एक मन्त्रीले भने, ‘पार्टीले केही भनेको छैन, अहिले राजीनामा दिनु योजना छैन ।’

निर्वाचन आयोगको आचारसंहिता विपरीत प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्ति गर्न भने पाउनेछैनन् ।

प्रतिक्रिया