कांग्रेसका उदयशमशेर राणाले गराए उम्मेदवारी दर्ता


काठमाडौं – कांग्रेसका उदयशमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ ।

प्रतिक्रिया