
आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फका उम्मेदवारको नामावली (प्रतिनिधिसभा र प्रदेशसभाको नामावलीहित)
काठमाडौं- निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उमेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उमेदवार रहेका छन् ।
यस्तै, प्रदेश १ मा ३६ दलले ६६१ जना उमेदवारको बन्दसूचीमा बुझाएका छन् भने मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उमेदवार रहेका छन् । वाग्मती प्रदेशमा ४१ दलका ८२५ उमेदवार रहेका छन् भने गण्डकी प्रदेशका ३१ राजनीतिक दलका ३६८ जना उमेदवार रहेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उमेदवार रहेका छन् भने कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उमेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जनाको नाम बन्दसूचीमा रहेको छ ।
प्रतिनिधिसभा
Skip to PDF contentप्रदेशसभा
प्रदेश १
Skip to PDF contentमधेश प्रदेश
Skip to PDF contentबागमती प्रदेश
Skip to PDF contentगण्डकी प्रदेश
Skip to PDF contentलुम्बिनी प्रदेश
Skip to PDF contentकर्णाली प्रदेश
Skip to PDF contentसुदूरपश्चिम प्रदेश
Skip to PDF content


कागजपत्र |
