सीट बाँडफाँट टुंग्याउँदै सत्ता गठबन्धन, आजै हस्ताक्षर गर्ने तयारी


काठमाडाैं – सत्तारुढ पाँचदलीय गठबन्धनले आजै सीट र निर्वाचन क्षेत्र बाँडफाँटको अन्तिम टुंगो लगाउने भएको छ । सोमवार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सीट बाँडफाँट टुंगो लगाउने गरी अन्तिम तयारी गरिरहेको गठबन्धनमा रहेका दलमध्येका एक शीर्ष नेताले जानकारी दिए ।

बिहानैदेखि छलफलमा जुटेका नेताहरू अहिले खाना खानका लागि छुट्टिएका छन् । ‘दिउँसो १ बजे फेरि बैठक बस्ने गरी खाना खानका लागि बैठक स्थगित गरेका छौं । सीट र निर्वाचन क्षेत्रको बाँडफाँट प्याकेजमा टुंगो लगाएर आजै सहमति पत्रमा हस्ताक्षर गर्छौं’, ती नेताले भने ।

गठबन्धनमा सीट बाँडफाँटको सहमतिको खाका तयार भएको र दिउँसो शीर्ष नेताहरूको बैठकले त्यसलाई अन्तिमरूप दिने ती नेताले बताए ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

प्रतिक्रिया