बर्दियामा ट्रयाक्टरले किच्दा ५ वर्षीय बालकको मृत्यु, चालक फरार 


बर्दिया – बर्दियाको गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश रहेका छन् ।  मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे किचेको थियो ।

गम्भिर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।

ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ ।

प्रतिक्रिया