
देशभर थप ६३ जनामा कोरोना पुष्टी, १०३ संक्रमणमुक्त
काठमाडौं – नेपालमा गत २४ घन्टामा थप ६३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका २५३५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा १०३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने कुनै पनि संक्रमितले कोरोनाकै कारण ज्यान गुमाएका छैनन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोनाविरुद्धको खोप लगाएको कुनै पनि तथ्यांक प्राप्त भएको छैन ।
अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ४ रहेको पनि मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
