हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनाव लड्दै


काठमाडौं – कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्।

पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् । रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन्।

प्रतिक्रिया