कांग्रेसबाट प्रदेश १ को समानुपातिकमा प्रदेश सभापति थापासहित यी हुन ३७ उम्मेदवार


काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यको निर्वाचन अन्तरगत प्रदेश नम्वर १ मा सत्तारुढ नेपाली कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारतर्फको बन्द सूचीमा पार्टीका प्रदेश सभापति उद्दव थापा अटाएका छन् । प्रदेश एकमा समानुपातिक तर्फ दलहरुले फरक फरक क्लस्टरबाट ३७ जना उम्मेदवारको नाम समावेस भएको बन्दसूची निर्वाचन आयोगमा बुझाएको थियो ।

सभापति थापासहित दुई दर्जन बढी उम्मेदवारहरु संस्थापन पक्षबाट समेटिएका छन् । जसअनुसार १० जनाको नाम समावेस भएको खसआर्यबाट प्रदेश सभापति थापासहित बिदुर बस्नेत, गोपाल थापा, केदार बाँस्कोटा र जनक थापा परेका छन् ।

खस आर्य महिलातर्फ बन्द सूचीमा बन्दना भण्डारी, संगम तिमिल्सिना, कमला प्रधान, रञ्जु उपाध्याय र उमा श्रेष्ठ रहेका छन् । निर्वाचन आयोगले कमला प्रधान र उमा श्रेष्ठलाई आदिबासी जनजाति क्लस्टरमा नराखी खस आर्यतर्फ समावेस गरेकोमा प्रश्न गर्न सक्ने देखिन्छ ।

१५ सिट रहेको आदिवासी–जनजाति क्लस्टरमा ८ जना पुरुष उम्मेदवारहरु देवराज लिम्बु, मोहन मानन्धर, टेकबहादुर साँवा, विजय राई, इन्द्र शुब्बा, सञ्जय प्रधान, चन्द्र लिम्बु र प्रेम छिरिङ तथा महिला ९ जनामा मैयाँ श्रेष्ठ लावती, गीता गुरुङ, शोभा पालुङ्वा, डोल्मा तामाङ, लिलाकुमारी राई, ममता तामाङ, अनु गुरुङ, सिला इजम र कमला राई अटाएका छन् ।

दलित महिलातर्फ पम्फा बिक, कृष्णकुमारी विक र दलित पुरुषतर्फ रोहित विश्वकर्मा र गोविन्द दर्नाल परेका छन् भने थारु महिला क्लस्टरमा प्रमिला गच्छदार र शुचि चौधरी परेका छन् । मधेशी महिलाको कोटामा लक्कीदेवी गणेश र ललितादेवी शाह र मधेशी पुरुषमा हरि मेहता एवम् मुश्लिम महिला कोटामा फरिदा खातुनको नाम बन्द सूचीमा रहेको स्रोतले जनायो ।

यस्ताे छ सूची –

प्रतिक्रिया