कतार एयरवेजले सातौं पटक पायो ‘एयरलाइन अफ द इयर अवार्ड’


काठमाडाैं – कतार एयरवेजले सातौं पटक एयरलाइन अफ द इयर अवार्ड जितेको छ ।

एयरलाइनले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ ।

सन् २०२२ मा एयरलाइनले आफ्नो २५ औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काईट्रेक्सले सातौं पटक ‘एयरलाइन अफ द इयर’को उपाधि दिएको हो ।

लण्डनमा आयोजित एक भव्य समारोहमा विश्वकै उत्कृष्ट बिजनेस क्लास, वल्ड्र्स बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरलाइन इन मिडल इस्ट गरी थप तीन वटा अवार्ड पनि जितेको छ ।

कतार एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइन अफ द इयर को उपाधि जितेको छ ।

कतार एयरवेजको घरेलु विमानस्थल र हब, हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई हालै विश्वको सर्वश्रेष्ठ विमानस्थल २०२२ को रूपमा मतदान गरिएको थियो, जसले लगातार दोस्रो वर्षको लागि पुरस्कार प्राप्त गरेको थियो ।

प्रतिक्रिया