अझै फुकेन सत्ता गठबन्धनको सिट बाँडफाँटको गाँठो, प्रतिनिधिसभा छाडी प्रदेशसभातिर छलफल सुरु


काठमाडौं – सत्तारुढ गठबन्धनका ५ दलले १५० सिटको मात्र बाँडफाँट गरेको छ ।

अहिलेसम्म दर्जनौंपटक सिट बाँडफाँटका लागि बसेको सत्तारुढ गठबन्धन दलको बैठकबाट कुनै निक्र्योल निस्कन सकेको छैन ।

बालुवाटारमा जारी गठबन्धका शीर्ष नेताको बैठकबाट अहिलेसम्म १६५ सिटमध्ये १५० सिटको भागबन्डा लगाइएको छ ।

स्रोतका अनुसार अहिलेसम्म कांग्रेसले ७७ सिट, माओवादी केन्द्रले ४५ सिट, एकीकृत समाजवादी १५ सिट, जनता समाजवादी पार्टीले १२ सिट र राष्ट्रिय जनमोर्चाले १ सिटका लागि सहमति जनाएका छन् ।

बाँकी रहेको १५ सिटमा दलहरुले दाबी नछाडेकोले शीर्ष नेताको बैठक अब प्रदेशसभाको बाँडफाँटका लागि छलफल सुरु भएको छ ।

अहिले दलहरू प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँटको छलफल छोडेर प्रदेशसभा ३३० सिटको भागबन्डाबारे छलफल गर्न थालेको । बाँकी रहेका प्रतिनिधिसभाको क्षेत्रबारे सबै दलले आन्तरिक छलफल गर्दैछन्।

प्रतिक्रिया