
राष्ट्रपतिको गैरसंवैधानिक कदमविरुद्ध सबै आम जनता सचेत रहौंः गठबन्धन शीर्ष नेता
काठमाडौं – सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदम गैर संवैधानिक भएको जनाएको छ । गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकाल्दै एक विज्ञप्ति सार्वजनिनक गथरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो ।
राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज (मंगलबार मध्यरात) सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।
त्यसपछि बैठकमा छलफल भएपछि चार दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य निकाल्दै राष्ट्रपतिको उक्त कदमविरुद्ध उत्रन सबैलाई अनुरोध समेत गरेको छ ।




कागजपत्र |
