आज सत्ता गठबन्धनले सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने दाबी


काठमाडौं- सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । हिजो बसेको बैठक निष्कर्षविहीन बने पछि आज पुनः गठबन्धन सहमतिको प्रयासमा जुट्न लागेको हो ।

बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रत्यक्षर्तफ १६५ सिटमध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले १०० सिटमा सहमति भइसकेको र आजको छलफलबाट निष्कर्षमा पुगिने दाबी गरे। उनले सबै दल आफ्नो दाबीबाट लचक भएसँगै सहमति अन्तिम तिर पुगेको पनि बताए।

 

प्रतिक्रिया