
यसरी हानियो व्यवसायी दर्जीमाथि गोठाटारमा गोली… (भिडियोसहित)
काठमाडौं — सोमबार साँझ ६ बजेर ३१ मिनेट जाँदा मोहम्मद दर्जी बौद्धबाट सामान किनेर बा.६.च ५१५२ नम्बरको गाडीमा गोठाटार आइपुगेका थिए । गार्मेन्ट व्यावसाय गर्दै आइरहेका सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ स्थायी घर भएका दर्जी गाडीबाट ओर्लने बित्तिकै रातो टिसर्ट र जिन्स पाइन्ट लगाएको एक व्यक्तिले गोली हान्यो ।
उनी ज्यान जोगाउनका लागि आफू चढेर आएको गाडीको वरिपरि घुमिरहे, तर हत्याको मनसाय बनाएर आएको त्यस व्यक्तिले उनलाई चार राउण्ड गोली हान्यो र मोटरसाइकल चढेर भाग्यो । पल्सर मोटरसाइकलमा ३ जना चढेर भागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
उनलाई गोली हान्दाहान्दै घरको पहिलो तलाको एक युवक हाम्फालेर दर्जीलाई उठाएर ल्याएर तत्काल अस्पताल पु¥याए । तर, चार गोली लागेका दर्जीको उपचारको क्रममा मृत्यु भयो ।
दर्जीको टाउकोमा २, हातमा एक र तिघ्रामा १ गोली लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले ती हत्यारालाई खोज्नका लागि अहिले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । अहिले उपत्यकाका नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको पनि प्रहरीले जनाएको छ ।
दर्जीलाई गोली प्रहार गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
भिडियोः



कागजपत्र |
