
गोठाटार घटना : मोहम्मदमाथि टाउकोमा २ सहित ४ वटा गोली प्रहार
काठमाडाैं – कठमाडौंको गोठाटारमा गोली हानेर फरार हुने व्यक्ति पल्सर बाइकमा सवार रहेको खुलेको छ । पल्सर मोटरसाइकलमा आएर ४ राउण्ड गोली हानेर फरार भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते हुने सर्लाहीको गोडैता नगरपालिका-२ का लाल मोहमम्द भन्ने मोहम्मद दर्जी हुन् ।
सोमबार बेलुका कागेश्वर मनरहरा नगरपालिका-८ गोठाटारमा अज्ञात समूहले गोली चलाउँदा उनको शरीरका दायाँ हातमा एक राउण्ड, टाउकोमा २ राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको प्रहरीले जनाएको छ । उनको अहिले त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार रातो सर्ट लगाएर आएका व्यक्तिले गोली प्रहार गरेर फरार भएका छन् । प्रहरीले अहिले उनीहरुको खोजी कार्य तीव्र पारेको छ । उनीहरुलाई खोज्नका लागि उपत्यका सबै नाकाहरु सिल गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।



कागजपत्र |
