
गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु
काठमाडौं — काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली हानेर एक व्यवसायीको हत्या भएको छ।
सर्लाहीको हरिवन नगरपालिका–२ का घर भइ गोठारमै गार्मेन्ट व्यसाय सञ्चालन गर्दै आएका ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारको क्रममा मृत्यु भएको हो ।
सोमबार साँझ अज्ञात व्यक्तिको गोली प्रहारबाट उनी घाइते भएका थिए। उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको छ ।



कागजपत्र |
