

लौरो चुनाव चिन्ह खारेजीको माग राख्दै आयोगमा उजुरी

काठमाडौं – हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन आइतबार निर्वाचन आयोगमा उजुरी परेको छ।
काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेद्वार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेद्वार सुनिल रिजालद्वोयले आइतबार निर्वाचन आयोगमा नै पुगेर हाम्रो नेपाली पार्टीको लौरो चिन्ह विरुद्ध उजुरी दर्ता गराएका हुन् ।
हाम्रा नेपाल पार्टीले लौरो चुनाव चिन्ह लिएर आफूहरु स्वतन्त्र भएको र जनताले आफूहरुलाई नै स्वतन्त्रको रुपमा भोट हाल्नु पर्नै दावी गर्दै आएका छन्। हाम्रो नेपाली पार्टीका नेताहरुले आफूहरु स्वतन्त्र भएको दावी गरिरहँदा काठमाडौंका स्वतन्त्र उमेदवारहरु सुनिल रिजाल र विजय कँडेलले हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिन्ह सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।
दलको रुपमा दर्ता भई सके पछि स्वतन्त्र नरहने भएकाले हाम्रो नेपाली पार्टीले आफूलाई स्वतन्त्र भनेर दावी गर्नु कानुन विपरीत क्रियाकलाप भएको काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल बताउँछन्।

