
जसपा नेतृ गुरुङ र पूर्वएआइजी श्रेष्ठ राप्रपामा प्रवेश
काठमाडौँ- जनता समाजवादी पार्टीकी नेतृ तथा आजबाटमात्रै निवर्तमान भएकी संघीय सांसद रेणुका गुरुङ र पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन्।
पार्टीको केन्द्रिय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम् पुर्व राज्यमन्त्री गुरूङ, शसस्त्र प्रहरीका पुर्व अतिरिक्त प्रहरी महानिरीक्षक श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य, महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत १६४ जना राप्रपामा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी हरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित ब्यक्तिहरुको प्रवेश र बिश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए।
अध्यक्ष लिङ्देनले लुटतन्त्रको विकल्प चाहनेहरुलाई आगामी निर्वाचन अगावै राप्रपामा आउन अपिल समेत गरेका छन्।



कागजपत्र |
